Logo

नेसपाको आन्तरिक विवाद छताछुल्ल, बाबुरामले बोलाएको बैठक महिन्द्रद्वारा बहिस्कार



काठमाडौं, १ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) को आन्तरिक विवाद छताछुल्ल भएको छ । नेसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच विवाद चुलिएको हो । अध्यक्ष भट्टराईले आगामी चैत ४ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक र ५ गते केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

अर्का अध्यक्ष यादव पक्षले उक्त बैठक आफूहरुलाई सल्लाह नै नगरी बोलाएको भन्दै बहिस्कार गर्ने बताएको हो । अध्यक्ष यादव पक्षले आज विज्ञप्ति जारी गर्दैै उक्त बैठक पार्टीको बैठक नभएको बताएको छ ।

‘अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु,’– नेसपाका महासचिव रमेश प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्