Logo

कांग्रेस सांसदले भने: गृहमन्त्रीज्यू हामीलाई पढाउँदा सहकारी ठग्न र सुन तस्करी गर्न नसिकाउनू



काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सांसद दीक्पालकुमार शाहीले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र माओवादीबाट बदलिएर सुन पार्टी बनेको टिप्प्णी गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले माओवादी नेताहरु सुन तस्करीमा जोडिएको भन्दै सो कटाक्ष गरेका हुन् ।

सांसद शाहीले आफ्नो दललाई समय पाए पढाउँछु भन्ने गृहमन्त्री रवि लामिछानेतर्फ इंगित गर्दै उनले भने माननीय गृहमन्त्री रवि लामिछानेज्यूले नेपाली कांग्रेसालाई पढाउँछु भन्नु भएको रहेछ’ उनले भने ‘सभामुख महोदय म उहाँलाई आग्रह गर्न चाहन्छु गृहमन्त्रीज्यू हामीलाई पढाउँदा डवल नागरिकता लिन, डवल पासपोर्ट लिन, सहकारी ठग्न र सुन तस्करी गर्न नसिकाउनुहोला’ ।

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले सदन अवरोध गरेपछि लामिछानेले समय पाए कांग्रेसलाई पढाउने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्