Logo

बेलायती राजकुमारीलाई क्यान्सर



काठमाडौं, चैत १० । बेलायती राजकुमारी केट मिडलटनलाई क्यान्सर रोग लागेको छ । उनले यसको उपचार भइरहेको उल्लेख गर्दै प्रारम्भिक चरणमा रहेको उल्लेख गरेकी छिन । एक भिडियो जारी गर्दै उनले भनेकी छिन, ‘केही अविश्वसनीय कठिन महिनाहरूपछि ठूलो झटका थियो ।’ तर उनले सकारात्मक सन्देश दिँदै भनिन्, ‘म ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।’ भिडियो सन्देशमा जनवरीमा पेटको शल्यक्रिया गर्दा शरीरमा क्यान्सर भएको थाहा नभएको भनिएको छ ।

उनले भनेकी छिन, ‘शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो चिकित्सा टोलीले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दिएको छ । म उपचारको प्रारम्भिक चरणमा छु ।’ उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । उनलाई लागेको क्यान्सर कस्तो हो भनेर पनि खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot