Logo

मानव अधिकार तथा शान्ति समाजले पनि माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं, १२ चैत्र । सहकारी ठगी प्रकरणमा मुछिएको भनेर नेपाली कांग्रेसले राजीनामा मागिरहेका गृहमन्त्री रवि लामिछानेलाई मानव अधिकार तथा शान्ति समाजले पनि राजीनामा दिनुपर्ने माग राखेको छ ।

आज (सोमबार) मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री लामिछानेलाई मार्गप्रशस्त गर्न भनेका हुन् ।

बरालद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot