Logo

प्याजको भाउ बढ्न सक्ने अनुमान



काठमाडौं, चैत १३ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारत सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ । नेपाल लगायत बंगलादेश, मलेसिया र युएई जस्ता राष्ट्रहरू प्याज आपूर्तिको आवश्यकता पूरा गर्न भारतबाट आयातमा निर्भर रहेका छन्। भारतको यो कदमले आमनिर्वाचन अघि नेपाली बजारमा प्याजको भाउ बढ्न सक्ने अनुमान गरिएको छ । हाल कालिमाटी तरकारी बजारमा भारतीय प्याजको मुल्य ७० रुपैयाँ प्रतिकिलो रहेको छ ।



प्रतिक्रिया दिनुहोस्