Logo

पाल्पामा किशोरीको शव फेला, हत्या भएको आशंका



तानसेन, चैत १४ । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो ।

स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा पदमा सुनारको शव फेला परेको प्रहरीले जनाएको छ। किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको र उनको हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ । घटनास्थल पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्