Logo

वर्षाले नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल रद्द



काठमाडौं । बुधबार रातीदेखि को निरन्तरको वर्षाले नेपाल ए र आयरल्याण्ड ए बीचको खेल रद्द भएको छ । लगातार पानी परेपछि दुई टिमबीचको खेल रद्द भएको हो ।

दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्