Logo

बागमतीका संस्कृति, पर्यटनमन्त्री बज्रचार्यले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं, १५ चैत । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मन्त्री बज्रचार्यले नेपाल भाषामा शपथ लिएका छन् ।

हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएसँग सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । योसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको बागमती सरकार तत्कालका लागि जोगिएको छ ।



प्रतिक्रिया दिनुहोस्