Logo

बहुमतको टुंगो नहुँदै सुदूरका मुख्यमन्त्रीले लिने भए विश्वासको मत



काठमाडौं,२० चैत । अल्पमतमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार विश्वासको मत लिने भएका छ्न ।

बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिनका लागि उनले आज प्रदेश सभामा प्रस्ताव दर्ता गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर सरकारलाई समर्थन गर्ने÷नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

सुदूर सरकारकै विषयलाई लिएर नाउपा विभाजनको डीलमा पुगेका छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच प्रतिष्ठाको लडाँईले पार्टीनै विभाजनको संघारमा पुगेको बेला मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ ।

यता नाउपामा सत्तामा जाने नजाने विषयले उग्र रुप लिएपछि केन्द्रीय सत्ता गठबन्धनले सुदूरको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएको छ । कांग्रेसको सरकार ढलेमा नयाँ बन्ने सरकारलाई पनि नाउपाको समर्थन जरुरी हुने भएकाले सुदूरको सत्ता समीकरण रोचक मोडमा पुगेको छ ।

सत्ता गठबन्धनका दल माओवादी केन्द्रका ११, एमालेका १० र नेकपा एकीकृत समाजवादीको ४ गरी २५ सांसद छन् । नाउपाबिना सरकार बनाउन सत्ता गठबन्धनलाई पनि नाउपा वा राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थन आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot