Logo

प्रचण्डको तन काठमाडौंमा, मन चाहीँ कर्णालीमा



काठमाडौं, २० चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई कर्णाली प्रदेशको सरकार गठनको विषयले पिरलेको छ । खासगरी सत्ता गठबन्धनमा कर्णाली प्रदेशको सरकारको नेतृत्व एमालेले पाउने उच्चस्तरको समझदारी छ ।

तर, अहिले कर्णालीको मुख्यमन्त्री रहेका आफ्नै पार्टीका नेता राजकुमार शर्माले अड्को थाप्दा प्रचण्ड विलखवन्धनमा परेका छन् । शर्मालाई मनाउनको लागि प्रचण्डले आफ्नो दूतको रुपमा नेता महेन्द्र बहादुर शाहीलाई मैदानमा खटाएका छन् । तर, शर्मा आफ्नो अडानबाट टसमस नभएपछि भने दाहाल दबाबमा पुगेका छन् ।

आज (मंगलबार) काठमाडौंंको राष्ट्रियसभा गृहमा समाजवादी मोर्चाको अन्तरक्रिया चल्दै गर्दा प्रचण्ड भने तारन्तार फोनमा व्यस्त देखिएका थिए । उनको फोनमा व्यस्तता कर्णाली प्रदेशमा केन्द्रित रहेको चर्चा भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot