Logo

कर्णालीमा कँडेल नेतृत्वको सरकार गठनको प्रक्रिया शुरु



काठमाडौं, चैत २२ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आव्हान गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आव्हान गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार पदबाट राजीनामा दिएका थिए । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मका लागि तोकिएको छ ।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेको छ । शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot