Logo

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलको दावी पेश



काठमाडौं,२७ चैत । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख तिकल परियारसमक्ष कँडेलले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले आज साँझसम्मको समय दिएर सरकारमा दावी पेश गर्न समय दिएका थिए ।

कँडेललाई संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ ।

सत्ता गठबन्धनमा भएका भागबन्डामा कर्णाली प्रदेशको नेतृत्व एमालेको भागमा परेको थियो । एमालेको भागमा प्रदेशको नेतृत्व परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १३ र एमालेका ११ (सभामुखसहित) सांसद रहेका छन् बहुमतका लागि २१ जनाको समर्थन आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot