Logo

कर्णालीका मुख्यमन्त्री कँडेलको शपथ आज, मन्त्रिपरिषद विस्तार भने आज नहुने



सुर्खेत, चैत २७ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कँडेललाई प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको रहेको छ ।

कँडेलले आज मुख्यमन्त्रीको शपथ लिए पनि मन्त्रिपरिषद विस्तार भने आज नहुने भएको छ । एमाले र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगो नलागेकाले संसदीय दलको बैठक बसेर मन्त्रीको टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार हुने जनाइएको छ ।

कँडेल एमाले, माओवादी र एकीकृत समाजवादी गरी २३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका एक सांसदले समर्थन जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot