Logo

विश्वभक्तद्वारा रामेछापको थानापती शिव मन्दिरमा क्षमा पूजा



काठमाडौं, १५ माघ । देशमा ठूलो संकटको घडी आउन लागेको भन्दै विश्व भूमिभक्तले रामेछापको थानापती शिव मन्दिरमा क्षमा पूजा गरेका छन् । देशलाई संकटबाट जोगाउनको लागि सोमबार साँझ उक्त मन्दिरमा पुगी विश्वभूमिभक्तले क्षमा पूजा गरेका हुन् । उनले भने,‘म रातभरि नसुतीकन निराहार भएर क्षमा पूजामा सहभागी भएर काठमाडौं आईपुगेको छु ।’

उनले विश्व जगतमा नै शान्तिको कामना गर्दै आफूले उक्त मन्दिरमा पूजा अर्चना गरेको सुनाए । यसअघि उनले फूलको चक्र चलाएर विश्व मानव जातिको लागि शान्तिको कामना गरेका थिए । आउने महाशिवरात्रीमा यही लोकमा जन्मिएका तीन वर्षका बालक, ७ वर्षीया बालक र ११ वर्षीया कन्याले काठमाडौंस्थित् पशुपतिनाथ मन्दिरमा पूजा गरेमा विश्व जगतको कल्याण हुने पनि उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्