Logo

देउवाको गुनासो : मैले त माओवादीलाई कांग्रेसँग ल्याएको थिएँ, साथीहरुले भगाईदिए



काठमाडौं, १३ फागुन । प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालिन नेकपा एमाले र माओवादी मिलेका कारण कांग्रेसले चुनावमा पराजय व्यहोरेको कुरा दोहोर्याएका छन् । उनले आफूले तत्लकालीन माओवादीलाई आफूसँग ल्याएपनि कांग्रेसकै नेताहरु (साथीहरु) ले भगाइदिएको पनि टिप्पणी गरेका छन् ।

मंगलबार महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बसुन्धारामा आयोजना गरेको महेनद्रनारायण निधिको ९८ औं जन्मजयन्ति समारोहको बोल्दै उनले यस्तो बताएका हुन् । देउवाले भने,“माओवादी र एमाले मिल्दा चुनाव हार्यौं । मैले माओवादीलाई आफूसँग ल्याएकै हुँ तर, साथीहरुले भगाइदिए । सत्य कुरो त्यो हो । बुझे पनि कुरो नबुझेको गर्ने ?” Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्