Logo

प्रधानमन्त्री ओलीको गतिविधिले पार्टी एकता बलियो हुँदैन् : मण्डल



काठमाडौं, १४ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता शिवकुमार मण्डलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अहिले देशमा देखिएका विद्यमान समस्यान, सरकारको समिक्षा र पार्टीभित्रका समस्यालाई समिक्षा गर्दै राजनीतिक प्रतिवेदन ल्याएको स्पष्ट पारेका छन् । तर, दाहालको प्रस्तावमाथि जवाफ दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा दम्भ र अहंकार देखिएको उनको आरोप छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले आफूले गरेका गल्तीलाई स्विकार गर्न नसकेको पनि जिकिर गरे । ओलीको प्रस्तावमाथि केन्द्रित रहेर सचिवालयको अब बस्ने बैठकमा नेताहरुले यथोचित जवाफ दिने पनि मण्डलले जनाए । ओलीले पार्टी एकता रहिरहोस भनेर गम्भिरता नदेखाएको पनि उनले आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले पार्टी एकतालाई मजबुद बनाउनेगरि कुनैपनि गतिविधि नगरेको बरु विभाजनलाई मलजल गर्नेगरि गतिविधि गरेको पनि टिप्पणी गरे । ओलीले ल्याएको प्रतिवेदन अहंकारका कारण आएको उनको भनाई छ । तर, प्रचण्डले ल्याएको प्रतिवेदन एकताबद्ध बनाउनको लागि ल्याएको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्