Logo

प्रचण्डले ‘पूर्व एमाले’ लाई यसरी छिन्न भिन्न पारे (तथ्यांकसहित)



रिपोर्टर्स नेपाल, ९ पौष । प्रचण्डको एउटा रणनीति छः ढाँडमा टेकेर टाउकामा हान्ने । दुश्मनविरुद्ध यस्तो रणनीति चाल्ने भन्दै उनले जनयुद्धका बेलामा र त्यसपछि पनि भाषणमै भन्ने गर्थे । उनले यसपटक यही रणनीति प्रयोग गरेको चर्चा फेरि भएको छ ।

कतिपयले प्रचण्डले एमालेसँग पार्टी एकीकरण गरेर गम्भीर गल्ती गरेको समेत भने । तर, उनले एकीकरण गरेर जोखिम चाहिं मोलेका थिए । अब उनी यस्तो मोडमा छन् कि उनको राजनीतिको सुर्य कि त उदाउँछ कि त अस्ताउँछ । प्रचण्डको सुर्य उदायो भने उनी ‘ढाँडमा टेकेर टाउकामा हान्ने’ रणनीतिमा फेरि सफल हुनेछन् । अन्यथा नेपाली राजनीतिको केन्द्रबिन्दुमा डेढ दशकयता रहेका प्रचण्डको प्रभावशाली राजनीतिमा पूर्णविराम लाग्नेछ ।

नेकपाको फुटले यी नेताहरुको राजनीतिक भविष्य के होला ?

नेपाल कम्युनिस्ट पार्टी एकीकरण गर्दा ४० प्रतिशत हिस्सासहित प्रचण्ड तत्कालिन एमालेसँग जोडिएका थिए । त्यसका लागि माओवादीको बिघटन गरे । ओली नेतृत्वको नेकपा एमालेलाई पनि बिघटन गर्ने अवस्था बनाए । नेकपा बन्यो । तर, एकीकरणको साँढे दुई वर्षमै नेकपा विभाजित भएको छ ।

नेकपा फुट्यो

ओलीले प्रचण्डबाट चार हस्तीलाई आफ्नो पक्षमा यसरी ल्याए

विभाजनको अवस्थालाई केलाउँदा ओली र प्रचण्डले एक अर्काको नजिकका प्रभावशाली नेताहरुलाई तान्ने क्रम अन्तिम समयसम्म चलिरहेको छ । बिहिबारसम्म भएको भेलाले उपाध्यक्ष वामदेवको मात्र कित्ताकाट भएको छैन । बाँकी सबैको भइसकेको छ ।

सुर्य चिन्हका लागि रस्साकस्सी

प्रचण्ड नेकपा ‘संसदीय दलको नेता’ चयन

तथ्यांकलाई केलाउँदा सचिवालयका चारजना ओलीपक्षीय छन् । त्यति नै संख्यामा प्रचण्डपक्षीय छन् । वामदेव तटस्थ छन् । कुल नौ सदस्यमा ओली र प्रचण्ड समूहमा बराबरीको संख्या छ ।

प्रचण्ड समूहमा विगतमा रहेका बादललाई मात्र ओलीले आफ्नो पक्षमा पार्ने सफलता हासिल गरे । तर, प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नो पक्षमा ल्याउन सके । ओलीले भन्दा एकजना बढी संख्यालाई प्रचण्डले पक्षमा तान्न सके । उनले साथमा लिन सकेका दुवै जनता पूर्व प्रधानमन्त्री र बादलको तुलनामा राम्रो पकड बनाएका नेता हुन् ।

बादलले भनेः उहाँहरु (प्रचण्ड र माधव नेपाल) दुश्मनको जालमा पर्नुभयो

स्थायी कमिटीमा हाल रहेका ४४ जनामध्ये १६ जना ओलीको पक्षमा छन् । बाँकी २७ जना प्रचण्ड पक्षमा देखिएका छन् । ओलीले पूर्व माओवादीका चारजना स्थायी कमिटी सदस्यलाई आफ्नो पक्षमा ल्याउन सके । जसमध्ये बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा छन् । तर, प्रचण्डले योभन्दा धेरै संख्याका पूर्व एमालेलाई आफ्नो पक्षमा ल्याउन सकेका छन् । १३ जना पूर्व एमाले स्थायी कमिटी सदस्य प्रचण्ड पक्षमा पुगेका छन् । उनीहरु माधव नेपालको साथमा प्रचण्ड समूहमा रहेका हुन् ।

चोलेन्द्रले मौकामा चौका हान्लान् ?

ओली पक्षका १२ जना स्थायी कमिटी सदस्य पूर्व एमालेकै छन् । यो तथ्यांकले पनि पूर्व एमालेका बहुमत स्थायी कमिटीहरु ओलीलाई छाडेर प्रचण्ड समूहको नेकपामा लागेका छन् । आफ्नै समूहका प्रभावशाली नेताहरुलाई ओलीले रोक्न सकेनन् । बरु उनी पिलो निस्किएर तौल घट्दैन भनेर बसेका छन् । पूर्व माओवादीको चारजना स्थायी कमिटीलाई पक्षमा ल्याउन सकेका ओलीभन्दा पूर्व एमालेका १३ जनालाई ल्याउन सकेका प्रचण्ड यस अर्थमा सफल देखिएका छन् । प्रचण्डले ४ जना स्थायी कमिटी सदस्य गुमाउँदा ओलीले १३ जना गुमाएका छन् ।

बादलको कित्ताकाट, आजबाट नेकपा ओली समूहमा

फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप

मौजुदा केन्द्रीय कमिटीलाई आधार मानेर विश्लेषण गर्दा नेकपामा ४ सय ४७ जनाको केन्द्रीय कमिटी छ । तर, निर्वाचन आयोगमा ४४१ जनाको नाम दर्ता छ । प्रचण्ड समूहको नेकपाले निर्वाचन आयोगमा केन्द्रीय कमिटीको २८७ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । यो तथ्यांकलाई आधार मान्दा ओली पक्षमा १५४ केन्द्रीय सदस्य रहेका छन् । पार्टी एकीकरण हुँदा ६० र ४० प्रतिशत गरी पूर्व एमाले र पूर्व माओवादीमा केन्द्रीय सदस्य भागवण्डा भएको थियो । जस अनुसार पूर्व एमालेले २६५ र पूर्व माओवादीले १७६ केन्द्रीय सदस्य संख्या पाएको देखिन्छ । यसलाई विश्लेषण गर्दा प्रचण्डले पूर्व एमालेका १११ जना केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्न सफल भएको देखिन्छ । यसबाट पनि प्रचण्ड नै सफल देखिन्छन् ।

नेकपा महासचिवका लागि पाण्डे, रावल र शर्मा दौडमा, कस्ले मार्ला बाजी ?

प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनाल दुवै वरिष्ठ नेतालाई आफ्नो साथमा पार्न सफल भएसँगै पार्टीको सबै कमिटीमा ओली अल्पमतमा परे । उनले त्यसपछि रणनीति चालेर मङ्गलबार केन्द्रीय कमिटी बैठक डाकेका थिए । उक्त बैठकमा मौजुदा ४४७ केन्द्रीय कमिटीलाई विस्तार गरी ११ सय ९९ बनाएको निर्णय गराए । ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य समेत बनाए । ती सबै उनी पक्षधर हुन् । अझै १९६ रिक्त संख्या राखे ।

को को बन्लान् नयाँ मन्त्री ?

नेकपाको विभाजनअघिको कमिटीको संख्या र त्यसपछि कित्ताकाट भएको संख्यालाई विश्लेषण गर्दा प्रचण्डले पार्टीमा पकड बनाउने ठुलो सफलता हासिल गरेका छन् । उनले पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओलीले भन्दा बढी पकड बनाएका छन् । पूर्व एमालेका ठुलो संख्यालाई आफ्नो पक्षमा पारेका छन् । यतिसम्मकी स्थायी कमिटीमा हाल रहेका पूर्व माओवादीकै हाराहारीमा पूर्व एमालेका नेताहरुलाई पक्षमा ल्याउन सकेका छन् ।

प्रचण्डले आफ्ना धेरै पक्षधरलाई कित्ता काट्नबाट रोक्न सके जसमा ओली असफल भए । मौजुदा संख्यालाई आधार मानेर निर्वाचन आयोग अघि बढ्ने हो भने प्रचण्डले सुर्य चिन्ह हात पार्ने भएका छन् । उनले पूर्व एमालेलाई छिन्नभिन्न पार्ने सफलता हासिल गरेका छन् । पूर्व एमालेका ओली एकातिर र माधव नेपाल र झलनाथ खनाल अर्कातिर बनाइदिएका छन् । बामदेव गौतम अर्कातिर छन् । उनी अझै तटस्थ देखिएका छन् । यतिसम्मकी अब महासचिवका लागि माधव नेपाल निकटस्थ दुई नेता भीम रावल र सुरेन्द्र पाण्डेबीच संघर्ष शुरु भइसकेको छ ।

सचिवालयमा ओली र प्रचण्डमध्ये कस्ले एक-अर्काको कति ताने

केपी शर्मा ओलीः १
प्रचण्डः २
तटस्थः १

स्थायी कमिटीका ओली र प्रचण्डमध्ये कस्ले एक-अर्काको कति ताने

केपी शर्मा ओलीः ४
प्रचण्डः १३
तटस्थः १

नेकपाको मौजुदा केन्द्रीय कमिटिमा कस्को पल्लाभारी

प्रचण्ड समूहः २८७ जना केन्द्रीय सदस्य
केपी शर्मा ओली समूहः १५४

नेकपाको ओलीले थपेपछिको केन्द्रीय कमिटिमा कस्को पल्लाभारी

प्रचण्ड समूहः २८७
केपी शर्मा ओलीः ७१६
रिक्त संख्याः १९६

ओली पक्षधर स्थायी कमिटी सदस्यहरु

अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
सचिवालय सदस्य रामबहादुर थापा बादल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
मणि थापा

प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरु

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्ट
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत
हरिबोल गजुरेल

तटस्थ
बामदेव गौतम



प्रतिक्रिया दिनुहोस्