Logo

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेपाल दलित मुक्ति संगठन माईतीघरमा (फोटोफिचर)



काठमाडौं, २५ माघ । नेपाल दलित मुक्ति संगठनले आज माईतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्धमा सडक अन्तरक्रियाको आयोजना गरेको छ । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा निर्वाचनको मिति घोषणा गरेका छन् ।

तर, ओलीको उक्त कदमको चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । त्यसैको सिलसिलामा आज नेपाल दलित मुक्ति संगठनले पनि सडक अन्तरक्रियाको आयोजना गरेको हो । उक्त अन्तरक्रियामा पूर्वमन्त्री दलजित श्रीपाईलीलगायतका नेताहरु सडकमै पलेटी कसेर बसेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्