Logo

भीम रावलको प्रश्नः सर्वोच्चले पार्टी दर्ता गर्यो, यो कस्को सरकार ?



काठमाडौं, २३ फागुन । सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ‘सरकार कुन दलको हो’ भनी प्रश्न गरेका छन् । आज संसदमा विशेष समय लिएर बोल्दै उनले सर्वोच्च अदालतले दिएको फैसलाले ओली नेतृत्वको सरकारलाई कुन दलको हो भनी प्रश्न गरेका छन् ।

‘यो सरकार कुन पार्टीको हो ?’ रावलले प्रश्न गरे, ‘यसमा कुन पार्टीको प्रतिनिधित्व छ ?’ उनले सर्वोच्च अदालतले पार्टी दर्ता गरेको भन्दै आपत्ती जनाए । उनले भने, ‘सर्वोच्चले पार्टी दर्ता गर्यो ।’

अहिलेको सरकार नेकपाको होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको अध्यादेश हो भनी प्रश्न गरेका हुन् । सरकारले ल्याएको अध्यादेशको रावलले विरोध गर्दै असंवैधानिक भने ।



प्रतिक्रिया दिनुहोस्