वैशाख ३, काठमाण्डौ । साहित्यकार श्यामदास वैष्णवको ९७ वर्षको उमेरमा आज निधन भएको छ । वि.स. १९८१, श्रावणमा काठमाडौमा जन्मिएका वैष्णवको आज घरमै निधन भएको हो । उनको पहिलो रचना “शारदा“ मा “सूर्य“ शीर्षकको कविता प्रकाशित भएको थियो ।
उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी समेत थिए । वैषण्वका मुख्य मृतिहरुमा रातको आँसु–गीति कविता, पतकर कविता सङ्ग्रह, अन्तरध्वनि कविता सङ्ग्रह, उपहार कविता सङ्ग्रह र केही लघु नाटक तथा गीति नाटकहरु चर्चित रहेका छन् ।