Logo

विजय गच्छदारलाई पत्नी शोक



काठमाडौं, १ जेठ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी पत्नी निर्मला गच्छदारको उपचारको क्रममा शनिबार विहान निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि नर्भिक अस्पतालमा उपचारार्थ थिईन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडे, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरुले निर्मलाको निधनमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्