काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीको मुहारमा खुशीको कामना गरेका छन् । आज विजयी दशमीको अवसरमा भिडियो सन्देशमार्फत् उनले बडा दशैंले सबै नेपालीमा खुशीको कामना गरेका हुन् ।
बडा दशैंले सबै नेपालीको मुहारमा खुशी ल्याउन सकोस्, प्रधानमन्त्री देउवाले सन्देशमा भने, ‘बडा दशैं आपसी भाइचारा, सदभाव र मित्रवद सम्बन्ध विकास गर्ने अवसर हो ।’
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै बडा दशैं, दिपावली र छठ जस्ता पर्वले भावनात्मक सम्बन्ध प्रगाढ बनाउन योगदान दिएको बताए । उनले भने, ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताको संरक्षण र विकास र सम्वद्र्धन गर्नु दायित्व हो ।’
वडा दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नुहुने सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना। pic.twitter.com/NsDt2d91zp
— Sher Bahadur Deuba (@SherBDeuba) October 15, 2021