Logo

एमाले महाधिवेशन : विष्णु पौडेलले बोकेको लिष्टमा पदाधिकारीमा अध्यक्ष ओलीको मात्रै नाम, बाँकी खाली



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को बन्दसत्र १२ घण्टा ढिलो सुरु हुँदैछ । अहिले बन्दसत्रस्थलमा सबै महाधिवेशन प्रतिनिधिहरु भेला भैसकेका छन् । बन्दसत्रमा पेश हुन लागेको केन्द्रीय कमिटीका पदाधिकारीको सूचीमा अध्यक्ष केपी शर्मा ओलीकोमात्र नाम प्रिन्ट भएको छ ।

उपमहासचिव विष्णु पौडेलले बोकेको तयारी लिष्टको पहिलो पेजमा अध्यक्षमा ओलीको मात्रै नाम लेखिएको छ भने बाँकीमा खाली राखिएको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको चयन गर्ने जिम्मा बन्दसत्रले अध्यक्ष ओलीलाई दिएको थियो । यद्धपी अध्यक्षका उम्मेद्धवारी घोषणा गरेका भीम रावलले भने आपत्ति जनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्