Logo

संसद् बैठक बस्दै, आजबाट एमसीसीमाथि छलफल



काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यसैबीच, प्रतिनिधिसभाको बैठकअघि अहिले बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समिति बोलाएका छन् । सत्ता गठबन्धभित्र नै विवाद भएपछि यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्