Logo
फोटो फिचर

भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेसँग विदाई गर्दै बलाधिकृत रथी शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ कात्तिक । नेपालको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कन लागेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदाई गर्दै बलाधिकृत

विस्तृत पढ्नुहोस
भारतीय सेनाअध्यक्ष नरवणेलाई स्वागत गर्दै बलाधिकृत रथी शर्मा

काठमाडौं, १९ कार्तिक । तीन दिने नेपाल भ्रमणको लागि आज काठमाडौं ओर्लिएका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणे र उनकी धर्मपत्नी विना नरवणेलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा

सामाजिक सुरक्षा भत्ता लिन बसेका वृद्धा

कावासोती, १८ कात्तिक : नवलपुरको कावासोती बैंकमा सामाजिक सुरक्षा भत्ता लिन पुगेका वृद्धा । तस्बिर/दयाराम आचार्य-रासस

तोरीबाली

तम्घास, १८ कात्तिक : गुल्मीको रेसुङ्ग नगरपालिकाको उपल्लो तम्घासमा किसानको बारीमा फुलेको पहेंलपुर तोरी । तस्बिरः हुमाकान्त पोखरेल/रासस

कालीगण्डकी किनार निरयघाटमा शव व्यवस्थापन

गलकोट, १८ कात्तिकः कोरोनाबाट सङ्क्रमित भएका बागलुङ नगरपालिका–३ का ६६ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मङ्गलबार मृत्यु भएपछि उहाँको शव कालीगण्डकी किनार निरयघाटमा व्यवस्थापन गर्ने क्रममा नेपाली सैनिक ।

टपरी बनाउँदै महिलाहरु

पाल्पा, १५ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्गमा सामूहिकरुपमा टपरी बनाउँदै महिलाहरु । जन्म, मृत्यु र बिवाह संस्कारमा हुने भोज भतेरमा टपरीमा खाना खाने चलन छ । तस्वीर :

धान काट्दै कृषक

पाल्पा, १५ कात्तिक : पाल्पाको रामपुरमा पहिलो पटक धान काट्ने मेशिनबाट थोरै समय र कम खर्चमा धान काट्न पाउदाँ कृषक खुसी भएका छन् । तस्वीर : पवित्रा घिमिरे/रासस

माछा मार्दै स्थानीय

गोदावरी, १५ कात्तिक : कैलालीको कैलारी गाउँपालिका–७ घुईयाफाँटामा रहेको सिस्वक तालमा शनिबार माछा मार्दै स्थानीय । तस्वीर : मीन ठकुरी/रासस

हाँस्यो हिमाल (फोटोफिचर)

काठमाडौं, १४ कात्तिक । उपत्यकाको मौसम खुबै खुलेको छ । उत्तरतर्फ हिमाल छर्लङ्ग देखिन्छ । हरियो डाँडा र त्यसमाथि सेतो हिमाल मुस्कुराइरहेको दृश्य देख्न पाइन्छ । वर्षा सकिएपछि छ्याङ्ग मौसम

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा(फोटोफिचर)

काठमाडौँ, ९ कात्तिक ।आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा चढाइन्छ । तस्वीर: रोशन सापकोटा,

घरमा राखिएको धानका बालाहरु(फोटोफिचर)

धम्बोझी, ९ कात्तिक । थारुहरुको घरमा राखिएको धानका बालाहरु आजकाल नयाँ धान काटिएपछि आफ्नो घरमा सजाएर राखेका हुन्छ । तस्वीर: मेनका चौधरी, रासस

फेवातालको सुन्दर दृश्य(फोटोफिचर)

पोखरा, ९ कात्तिक: पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीर: जमुना वर्ष शर्मा, रासस

Screenshot