Logo
फोटो फिचर

खोलामा अजिङ्गर

सप्तरीको तिलाठी गाउँपालिका १ स्थित खाँडोमा शनिबार अन्दाजी ७ फिट लामो अजिङ्गर फेला परेको छ । करिब १२ केजी वजन भएको उक्त अजिङ्गरलाई नेपाल प्रहरी

विस्तृत पढ्नुहोस
गाउँका बालबालिका

तीन हजार ८०० मिटरको उचाईमा अवस्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ स्थित साङ्ता गाउँका बालबालिका खेल्ने क्रममा तस्वीर खिँचाउँदै । तस्वीर : निरज थकाली

सय वर्ष पुरानो घर

परमेश्वर मल्लको स्वामित्वमा रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका गौश्वारामा १०० वर्ष पुरानो मल्लकालीन वास्तुकलालाई आधार मानेर निर्माण गरिएको घर । घर अवलोकन गर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।

पाकिस्तानी राष्ट्रपति अल्भी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकुमा रहनुभएका पाकिस्तानका राष्ट्रपति अरिफ–उर–रेहमान अल्भी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता हुँदै । तस्बिरः

तस्वीर : देउसी भैली खेल्दै राना थारु समुदायका महिला

राना थारु समुदायका महिला देउसी भैली खेलेर रकम संकलन गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

व्यस्त रात्रिकालीन एकलैनी बजार

बाँके, ९ कात्तिक : तिहार पर्व शुरु भएसँगै राति अबेरसम्म व्यस्त बनेको नेपालगञ्जको एकलैनी बजार । तिहारका लागि विभिन्न सामाग्री खरीदका लागि एकलैनी बजारको सडकमै पसल थापिएको छ भने रात्रिकालीन

प्रधानमन्त्री ओली बाकु अतेस्गाह अवलोकन गर्दै

बाकु (अजरबैजान), ९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अजरबैजानको राजधानी बाकुस्थिति अतेस्गाह (अग्नि) मन्दिरको अवलोकनपछि सामूहिक तस्बिरमा । तस्बिरः मनोज कार्की  

नाइजेरिया फेसन सप्ताहमा मोडेलहरु (फोटोफिचर)

नाइजेरिया हेनेकेन फेसन तथा डिजाईन सप्ताहमा क्रिस्टी ब्राउनद्वारा निर्मित नयाँ डिजाईनका कपडामा मोडेलहरु । Photo Source : RSS (AP)

प्रवासीको सहयोगमा निर्मित विद्यालय भवन

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको ३ करोड भन्दा बढि आर्थिक सहयोगमा निर्माण गरेको जयन्ति मावि भकिम्ली विद्यालय भवन । तस्वीर : धु्रबसागर शर्मा

लोमनथाङतर्फ जाँदै विदेशी पर्यटक

घोडा चडेर हिमाल पारिको जिल्ला मुस्ताङको लोमनथाङतर्फ जाँदै गरेका विदेशी पर्यटकह । तस्वीर : कमल खत्री

तस्बीर : तिहारका सामान बेच्न बसेका व्यापारी

नेपालीहरुको महान चाड तिहार शुरु भएसंगै सप्तरीको राजविराजस्थित हटियामा तिहारका लागि चाहिने सामान बेच्न बसेका व्यापारी । तस्बीर : अरुण कुमार यादव

सुकाईको कोदो

कनकासुन्दरी ७ सिंजा जुम्लाको द्यारापाटा गाउँमा छतमाथि सुकाएर राखिएको रैथानेबाली कोदो । तस्वीर : शुरबहादुर सिंह