Logo
फोटो फिचर

ह्यान्डबल प्रशिक्षक जोआ फ्लोरेन्सियोलाई पोखरामा स्वागत

पोखरा, २३ असोज  : नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि आएका पोर्चुगलका ह्यान्डबल प्रशिक्षक जोआ फ्लोरेन्सियोलाई पोखरामा स्वागत गरेपछि सामूहिक तस्वीरमा प्रशिक्षक र नेपाल ह्याण्डबल

विस्तृत पढ्नुहोस
किराँतकालीन स्तम्भ

काभ्रेपलाञ्चोक,२३ असोज : खोज अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेंसीस्थित सुनकोशी नदी तथा झिकू खोलाको दोभानमा फेला परेको प्राचीन किराँतकालीन स्तम्भ । तस्वीर : राजकुमार पराजुली

रोटेपिङ खेलेर रमाउँदै

दमौली, २३ असोज : नेपालीहरुको महान चाड बडादशैंको अवसरमा व्यास नगरपालिका–३ स्थित खुल्लामैदानमा रोटेपिङ खेलेर रमाउँदै । तस्वीर : कृष्ण न्यौपाने

कुभिण्डो काट्ने जात्रामा सहभागी

काठमाडौँ, २२ असोज : मध्यपुर थिमि लाय्कू दरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । कुभिण्डोलाई लायकू दरबारबाट जात्रा

बबर महल सजिदैं

मित्रराष्ट्र गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङको नेपाल राजकीय भ्रमणको अवसर पारेर अरनिको राजमार्गअन्तर्गत बबर महलमा नेपाल चिनाउने विभिन्न तस्बिर अङ्कित बोर्ड राखेर झकीझकाउ बनाईंदै । तस्बिर : रत्न श्रेष्ठ

कुभिण्डो काट्ने जात्रा गरिँदै (फोटो फिचर)

काठमाडौँ, २२ असोज : मध्यपुर ठीमी लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गरिँदै । जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी

सडक अनुगमनमा भौतिकमन्त्री महासेठ (फोटो फिचर)

काठमाडौँ, २२ असोज : सडक मर्मत कार्यको बुधबार राष्ट्रिय चिह्न र प्राकृतिक दृश्यका तस्बिरले सजाइएको काठमाडौँ टेकुस्थित विष्णुमति पुल र कालिमाटीस्थित सडक किनारामा सङ्केत कार्य गर्दै सोल्टीमोडस्थित सडकमा अनुगमनका क्रममा

दुर्गा भगवतीको मूर्ति सेलाउन कोशी ब्यारेज लगिदै

इनरुवा, २२ असोज : सुनसरीको कोशी गाउपालिका– ६ मा रहेको दुर्गा मन्दिरमा निर्माण गरिएको माटाको कलात्मक दुर्गा भगवतीको मूर्ति कोशी व्यारेजमा बुधबार सोलाउने (भसाउने) तयारी गर्दै स्थानीयवासी । तस्विर अजितकुमार

दशैंपछि सामूहिक भोज खाँदै

कञ्चनपुर, २२ असोज : दशैंको टीकापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका सिंहपुरका थारु समुदाय सामूहिक रुपमा भोज खाँदै । थारु समुदायमा दशैंको टीकापछि मान्यजनको घरमा भोज खाने चलन रहेको छ । तस्वीर

गन्तव्यमा पुग्ने सर्वसाधारणको भीड

दमौली, २२ असोज : बडादशैंको टीका लगाएर गन्तव्यमा जान तनहुँको दमौलीमा गाडी कुर्दै सर्वसाधारण । यतिबेला आफन्तजनकामा टीका लगाएर घर फर्किने सर्वसाधारणको चाप छ । तस्वीर : कृष्ण न्यौपाने

रावणस्वरुपी प्रतिमा

धनुषा, २२ असोज : असत्यमाथि विजय प्राप्त गरेको खुसीयालीमा जनकपुरमा विजया दशमीको अन्तिम दिन मंगलबार रावणवध कार्यक्रमका लागि बनाएको रावणस्वरुपी प्रतिमा । तस्वीर : जयकुमार साह

सखिया नृत्यका सहभागी भोज खाँदै

कञ्चनपुर, २२ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा दशैंका अवसरमा बुधवार थारु समुदायका गुरुवाले आयोजना गरेको भोजमा खाना खादै सखिया नृत्य टोलीका सहभागी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु