Logo
फोटो फिचर

संरक्षणको अभाव

सिंजा गाउँपालिका जाँच गाउँस्थित सिंजा सभ्यता र संस्कृतिको पहिचानसँग जोडिएका तत्कालीन् ढुँगाले कुँदिएका कलापूर्ण धाराहरुको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् । तस्वीर : शुरबहादुर

विस्तृत पढ्नुहोस
कुलुङ घरबासमा आन्तरिक पर्यटक

तनहुँको व्यास नगरपालिका–१४ कुलुङमा हालैमात्र सञ्चालनमा आएको घरबास (होमस्टे) मा पुगेका आन्तरिक पर्यटक । घुम्ने संस्कृतिको विकास भएसँगै जिल्लाका घरबासमा आन्तरिक पर्यटक बढेका छन् । तस्वीर : कृष्ण न्यौपाने

तस्वीर : पशुपालन व्यवसाय फस्टाउँदै

जाजरकोट भेरी नगरपालिका ८ स्थित चरण क्षेत्रबाट घर तीर ल्याउँदै भेडा, बाख्रा । स्थानीय सरकारले अनुदान उपलव्ध गराएपछि पशुपालन व्यवसाय फस्टाउँदै छ । तस्वीर  :हेमन्त केसी

जीर्ण बन्दै देवल

महाभारत कालमा पाण्डवहरुले कौरवहरुमाथि विजय गरेपश्चात विजयस्तम्भका रुपमा निर्माण भएको विश्वास गरिँदै आएका जुम्ला सिंजा गाउँपालिकाको विष्टबाटा र जाँच गाउँमा रहेका देवल । संरक्षण नहुँदा देवलहरु जीर्ण बन्दै गएका छन्

प्रम ओलीबाट सम्मान गारत ग्रहण (फोटोफिचर)

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट

सुरुङको अवलोकन गर्दै

जाजरकोट नलगाड नगरपालिका – ७ दल्ली स्थित निर्माण हुन लागेको नलगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह निर्माण गर्नु पूर्व नमुना जाँचका लागि बनाएको सुरुङको अवलोकन गर्दै राष्ट्रियसभा सदस्य कालीबहादुर मल्ल,

स्याउले मूल्य नपाएपछि

जुम्लाको सिंजा दरामा उत्पादित स्याउले बजार नपाएपछि डोकोमै थन्काएर राखेको गोल्डेन डेलिसियस जातको स्याउ । तस्बिर : शुरबहादुर सिंह

भेडा, च्याङ्ग्राको बथान

मनाङ जिल्लाको माथिल्लो गाउँ ङिस्याङ गाउँ पालिका भ्राकामा चराइ राखिएको भेडा, च्याङ्ग्राको बथान । तस्वीर :रत्न श्रेष्ठ

तस्वीर : नाटक प्रस्तुत गर्दै कलाकार

जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा भजन सङ्कृतन समूहले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको छैटौँ दिन बुधबार नाटक प्रस्तुत गर्दै कलाकार । दिवाकालिन आश्रम सञ्चालन गर्ने उद्देश्यसहित आयोजित महायज्ञमा दैनिक कथावाचन

साधुसँग विदेशी पर्यटक

चिप्लेढुङ्गा, ६ कार्तिक ९रासस०स् पोखराको बाराही मन्दिरमा साधुसँग विदेशी पर्यटक फोटो खिचाउँदै । तस्बिर : जमुना वर्षाा शर्मा

मार्सी चामल केलाउँदै

जुम्लाको सिंजा गाउँपालिका विष्टबाडा गाउँका एक स्थानीय महिला जुम्लामा उत्पादित कालीमार्सी धानको चामल केलाउँदै । कालीमार्सी चामल जुम्लामै प्रतिकिलो रु.१५० पर्दछ : शुरबहादुर सिंह

चौरीका बथान

मनाङ जिल्लाको माथिल्लो गाउँ ङिस्याङ गाउँ पालिका भ्राकामा चराइ राखिएको चौरीका बथान । तस्वीर : रत्न श्रेष्ठ