Logo
फोटो फिचर

स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो

-रिपोर्टर्स नेपाल/संवाददाता

खलङ्गा,२९ साउनः गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन

विस्तृत पढ्नुहोस
सर्वसाधारणलाई मास्क लगाइदिँदै प्रहरी

म्याग्दी, २८ साउन: कोरोना सङ्क्रमणबाट जोगिन बेनीमा सर्वसाधारणलाई मास्क लगाइदिँदै म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राई । -तस्वीर : सन्तोष गौतम-रासस

बाढी प्रभावित क्षेत्र मेलम्चीवासीको गुनासो सुन्दै गगन थापा

सिन्धुपाल्चोक, २७ साउन । बाढी प्रभावित मेलम्चीवासीको गुनासो सुन्दै नेपाली काँग्रेसका नेता गगन थापा । अध्ययन टोली हेल्पका अध्यक्ष जिमी लामासँग थापा हेलम्बुको भेमाथान पुगी मेलम्ची आउनुभएको हो । तस्बिरः

पुल निर्माणपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज

पनौती, २६ साउनः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी र साल्मिटार जोड्ने रोशी खोलामाथि निर्माण गरिएको झोलुङ्गेपुल तर्दै सर्वसाधारण । रोशी खोलामाथि पुल निर्माण भएपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज भएको छ

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

गोरखा २६, साउन: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित फिलिमकी २५ बर्षिया गर्भवती महिला छिरिङ डोल्मा गुरुङको उद्धार गरी मंगलबार काठमाडौँका लागि पठाइँदै । दुईदिनदेखि सुत्केरी व्यथा लागेको भएपनि बच्चा जन्माउन

छाताङ्ग झरना

मुस्ताङ,२६ साउनः: मुस्ताङको थासाङ्ग गाउँपालिका –२ मा अवस्थित छाताङ्ग झरना ।- तस्बिरः निरज थकाली-रासस

मन्त्री श्रेष्ठ चाक्सीबारीमा, प्रकाशमानले दिए बधाई तथा सफलताको शुभकामना

काठमाडौं, २४ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेका छन् । मन्त्री भएपछि पहिलोपटक श्रेष्ठ नेता सिंहको ठमेलस्थित् चाक्सीबारीमा पुगेका हुन् । मन्त्री श्रेष्ठलाई

गाँजा फँडानी गर्दै प्रहरी

मान्म, २४ साउन: समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका–१ मान्ममा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिँदै । तस्वीरः मिमबहादुर रावल-रासस

निर्माणाधीन पोखरा विमानस्थलको समयअवधि एक वर्ष थप

पोखरा, २४ साउनः निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । विसं २०२१ जुलाई १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विमानस्थल कोभिड–१९ को कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि समयअवधि एक

अध्यक्ष प्रचण्डद्वारा बाढीपहिरो क्षेत्रको अवलोकन(फोटोफिचर)

मनाङ, २४ साउन: मनाङको सदरमुकाम चामे, ङिस्याङ गापा–१ को पिसाङ, दानाक्यू, नासों गापालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

हेलम्बु र मेलम्ची जान गोरेटोबाटो निर्माण गरिँदै

साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै ।-तस्बिरः देवराज सुवेदी-रासस

आमाको किरियामा बसेका दुई छोरी

परासी, २० साउनः छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी ।