Logo

Tag: फोटो

ढकमक्क लालीगुराँस

ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका स्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर ः नारायण ढुङ्गाना, रासस ।

विस्तृत पढ्नुहोस
‘३२ खटको सिन्दुर जात्रा’

मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने विस्काः यात्रामा विभिन्न देव–देवताको खट जात्रा गरिँदै । यस जात्रालाई ‘३२ खटको सिन्दुर जात्रा’ पनि भनिन्छ ।

सूर्यमुखी फूल

सुनसरीको कोशी र भोक्रहा नरसिंह गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्ग छेउमा तेलहन बालीका रुपमा लगाइएको सूर्यमुखी फूल । तस्विरः अजितकुमार झा, इनरुवा

टावरबाट हिमाल अवलोकन गर्दै पर्यटक

समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पुगेका पर्यटक पुनहिल टावरबाट हिमाल अवलोकन गर्दै । तस्बिरः कमल खत्री, रासस, बेनी, म्याग्दी

शिव र पार्वतीको भेषमा दुई विदेशी

पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीको समयमा शिव र पार्वतीको भेषमा दुई विदेशी नागरिकसंगै तस्विर खिचाउदै नेपाली युवती । तस्वीरः जमुना वर्षा शर्मा,चिप्लेढुङ्गा

गुड्ने गाडीलाई तान्नुपरेपछि

बागलुङको भकुण्डे रायडाँडा ग्रामीण सडकखण्डमा फसेको बस तान्दै यात्रु । तस्वीरः खेमराज गौतम, रासस, गलकोट (बागलुङ)

बसाइ सराई

बाजुरा, चिसो छल्न भेडाच्याङ्ग्रा सहित बेसी झरेका भोटो जनजाती गर्मी बढेपछि जन्मथलोतिर जाँदै । तस्वीरः गंगराज पण्डित

लालीगुराँस फूलसँगै मनोरम दृश्य

बागलुङको पर्यटकीयस्थल घुम्टेको पहाडबाट देखिएको लालीगुराँस फूलसँगै मनोरम दृश्य । तस्वीरः खेमराज गौतम

परम्परागत आभूषणमा राना थारु युवती

परम्परागत आभूषणमा राना थारु युवती परम्परागत पहिरन र आभूषणमा सजिएकी कञ्चनपुरको लालझाडी गाउँपालिकाका राना थारु युवतीहरु । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायमा विविध कला, संस्कृति र

एकजना विद्यार्थी तीनजना शिक्षक,विद्यालयको ढोका बाहिरको पढाई

मनाङ, ङिस्याङ गाउँपालिका स्थित लालिगुराँस आधारभूत विद्यालयमा एकजना विद्यार्थी तीन जना शिक्षक भएतापनि शिक्षक विना नै विद्यालयको ढोका बाहिर पढिरहेको विद्यार्थी । तस्वीर नवीन लामिछाने मनाङ

ड्रोन क्यामरा हेर्दा दमौलीबजार

ड्रोन क्यामराबाट खिचिएको तनहुँ सदरमुकाम दमौली बजारको दृश्य । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

पृष्ठभूुमिमा हिमाल हातमा गुराँस

धौलागिरि आईसफल पदमार्गअन्र्तगत ताराखसेमा हिमाललाई पृष्ठभूुमिमा राखेर हातमा गुराँस समातेर तस्वीर लिँदै आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री, बेनी, म्याग्दी, रासस

Screenshot