Logo

गलत समाचार प्रकाशन गरेको भन्दै रुसलान भोड्का उत्पादक विजय डिष्टीलरीद्धारा प्रेस काउन्सिलमा उजुरी, सम्पादकले गरे आफ्नै समाचारको खण्डन



चैत ७, काठमाण्डौ । कानुनी प्रक्रिया पूरा गरेर संचालित उद्योगले कतिपय व्यवहारिक मान्यतालाई पनि स्विकार गर्नुपर्छ । खानका लागि उत्पादित वस्तु स्वास्थ्यका दृष्टीकोणले योग्य हुनुपर्छ ।

नेपालमा संचालित सबै जस्तो खाद्य तथा पेय पदार्थको नियमन गर्ने निकाय छन् । अनुगमन र नियमनको अभावमा कतिपय उद्योगले खानका लागि अयोग्य वस्तु उत्पादन गर्ने गरेको तथ्य बेलाबेलामा सार्वजनिक भइरहेका हुन्छन् । संचारमाध्यमको विस्तारसँगै गैरकानुनी धन्दाको पर्दाफास पनि बढि हुने गरेको छ ।

तर समाजका विकृति विसंगतिलाई सार्वजनिक गर्दै चेतना बढाउने भूमिकामा रहने संचारमाध्यम आफैँ पनि सचेत हुनुपर्छ । कतिपय संचारमाध्यम आफैँ प्रक्रिया पूरा नगरी संचालित छन्, तिनै संचारमाध्यमले भरपर्दो स्रोत र तथ्यबिना कतिपय कम्पनी, संस्था वा व्यक्तिको बदनाम गराउने नियतले समाचार सम्प्रेषण गर्ने गरेको पाइन्छ ।

यस्तै गलत नियतको समाचारको सिकार भएको भन्दै विजय डिष्टीलरी प्रालीले केही संचारमामध्यम अनलाईन सचारमा पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी गरेको थियो ।

प्रालिको उजुरीले केही अनलाईन समाचार माध्यमको स्वार्थनिहित कर्म पर्दाफास भएको छ ।

राज्यले प्रदान गर्ने मदिराको व्यवसायिक उत्पादनको अनुमति पाएर संचालित उद्योगको उत्पादनबारे झुटा र दुश्प्रष्यासयुक्त समाचार प्रकाशन गरिएको भन्दै विजय डिष्टिलरी प्रालिले काउन्सिलमा उजुरी गरेको थियो । उजुरीमा गलत समाचार प्रकाशन गरेकोबारे क्षमायाचनासहित खण्डन समाचार प्रकाशन गराउन माग गरिएको थियो ।

काउन्सिलले उजुरीउपर कारबाही गरेपछि ति संचारमाध्यमले कारबाहीबाट जोगिनका लागि क्षमायाचनासहित खण्डन समाचार प्रकाशन गरेका थिए ।

विजय डिष्टिलरीले भन्सार विभागले उद्योगबाट उत्पादित पेय पदार्थको प्यारामिटर परीक्षण गरेर खानयोग्य भनि दिएको प्रमाणपत्रसहित ति संचारमाध्यमविरुद्ध उजुरी गरेपछि काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

आन्तरिक राजश्व विभागले गुणस्तर परीक्षणका लागि भन्सार विभागमा पठाएको थियो । भन्सार विभागमा भएको नेपाल सरकारको मदिराको गुणस्तर परिक्षण गर्ने प्रयोगशाला परीक्षणपछि रुसलान भोड्का पिउन योग्य भनी भन्सार विभागले प्रमाणित गरेको थियो ।

रुसलान भोड्काले विभिन्न अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ ।

विजय डिष्टिलरीले विद्युतीय संचार माध्यमहरुबाट व्यवासायिक आचारसंहिता उल्लङ्घन गरेको अरोप ति संचारमाध्यमलाई लगाएको हो ।

 

यस उद्योग नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा रहेको छ । उद्योगले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ १ र २ र पत्रकार आचारसंहिता २०७३ को दफा ६ अनुसार उजुरी गरेको थियो ।

उद्योगले कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई अन्य विधी र मापदण्डसमेत पूरा गरी वस्तु उत्पादन गर्दै आएको दाबी गरेको छ ।

उजुरीमा उद्योगले व्यापार व्यवसायमा घाटा पुर्याउने उद्देश्यले समाचार लेखिएको आरोप लगाएको छ ।

रुसलान भोड्काविरुद्ध गलत समाचार प्रकाशन गर्ने केही अनलाईन समाचार माध्यम भने गैर कानुनी रुपमा संचालन भएको प्रेस काउन्सिलले नै उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्