Logo

सवारी दुर्घटनामा मृत्यु



हेटौँडा, १० वैशाख । काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना६ख १०९१ नंको तेल ट्यांकरले हेटौँडा बजारबाट औद्योगिक क्षेत्रतर्फ जाँदै गरेको ना७प ९६२ नंको मोटरसाइललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

निधन हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय घनश्याम बन्जारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot