Logo

ललितपुरमा एमालेको विजयी सुरुवात



ललितपुर १ जेठ । ललितपुरको महांकाल नगरपालिकाको बडा नम्बर ६ मा एमालेले जीत हाँसिल गरेको छ । वडा अध्यअध्यक्ष सहित सबै सिटमा एमालेले विजयी हाँसिल गरेको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी भएका छन् ।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका छन् । यस्तै गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार साझा पार्टीक० गणेश केसी अघि रएको छ । उनले ३१७ मत ल्याएका छन् ।

यस्तै प्रमुखमा एमाले उम्मेद्वार रामचन्द्र दाहालले २५५, माओवादीका उम्मेद्वार बुद्धबहादुर नेगीले १३२ तथा कांग्रेस उम्मेद्वार भीमसेन घिमिरेले १०८ मत ल्याएका छन् । गाउँपालिका उपप्रमुखमा भने एमाले उम्मेद्वार कमला लामा तामाङ ३६६ मतसहित अघि रहेका छन् । यस्तै कांग्रेसकी सुशीला अधिकारीले २२५ तथा माओवादीकी विमलादेवी आचार्यले १७३ मत पाए । वडा नम्बर ६ मा कुल ८८८ मत सदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot