Logo

कालिकोटमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु



कालिकोट, १ जेठ । प्रहरीको गोली प्रहारबाट कालिकोटको नरहरिनाथ गाउँपालि वडा नम्बर ६ का ४५ बर्षिया  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धनरुप बटालाको मृत्यु भएको छ ।

हिजो नन्दादेवि मतदान केन्द्रमा मतदान सकिए लगत्तै सुरु भएको झडप अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। निर्वाचनमा खटिएका कर्मचारीहरु तितरवितर रहेको बताईएको छ ।

अहिले नेपाल आर्मीले आकासबाटै गस्ती गरिरहेको र घाईते भएकाहरुलाई अस्पताल ल्याउनेकाम गरिरहेको जानकारी आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot