Logo

गृहमन्त्री शर्मा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता



काठमाडौँ, ३० जेठ । गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री शर्माले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका बारेमा राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवादसमेत दिनुभएको थियो ।

राजदूतले गृहमन्त्री शर्माको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot