Logo

२७४ स्थानिय तहको नतिजा , कसले कति जिते ?



काठमाडौं २० असार । दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्ला हरुको मतपरिणाम अन्तिर चरणका पुगेको छ। ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार विहान ७ बजेसम्म २ सय ७४ तहको परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै राखेको छ । २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ ।
एमालेले प्रदेश नम्बर १ मा ५३, प्रदेश ५ मा ३३ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय १९ स्थान सुरक्षित गरिसकेको छ ।

कांग्रेस १०२ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ३८, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३४ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा २ र ७ मा एक स्थानीय तह जितेर ५ सिटसहित पाँचौं स्थानमा रहेको छ ।

राप्रपाले तीन र राष्ट्रिय जनमोर्चा दुर्इ स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot