Logo

भविष्यको कुरा गर्ने हो भने ऋषि धमलापनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ नि : यादव



काठमाडौं, २३ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी चौथो ठूलो शक्ति भएकोमा खुशी व्यक्त गरेका छन् ।

शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले चुनावको परिणामबाट आफू धेरै खुशी भएको प्रतिक्रिया दिए । उनले भने,‘म निकै खुशी छु, हाम्रो पार्टी चौथो ठूलो दल बनेको छ, जनताले हामीलाई विश्वास गरेका छन्, जनमतको हामी खुलेर कदर गर्छौं।’

यद्धपी यादवले चुनावी दौडमा ठूला दलहरुले आफ्नो पार्टीलाई निषेध र षड्यन्त्र गरेको आरोप लगाए । उनले थपे,‘म निकै खुशी छु, षडयन्त्रको बावजुदपनि हामी चौथो शक्ति केन्द्र बन्यौं।’

‘कांग्रेस, एमाले र माओवादी केन्द्रले शक्तिको दुरुपयोग हामीलई कमजोर बनाउन खोजे, तर जनताले हामीलाई माया गरेर जुन मत दिए’, उनले थपे,‘यसले हामीलाई खुशी तुल्याएको छ।’

उनले मधेशी जनताको अधिकारको लागि सबैभन्दा पहिले र धेरै लड्ने नेता पनि आफू नै भएको दाबी गरे । उनले थपे,‘उपेन्द्र यादवजति मधेशको एजेण्डा बोक्ने नेता अरु कोही पनि छैनन्, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले अहिले आएरु नकुर्ले हुन्छ । मैले नै स्वायक्त मधेश प्रदेशको एजेण्डा बोकेको हुँ ।’

यादवले अहिलेपनि आफू संविधान पूर्नलेखनको पक्षमा रहेको बताउँदै भने,‘संविधान पूर्नर्लेखन गर्नुपर्छ, यो संविधानलाई मैले मानेको छैन । चुनावलाई आन्दोलनको रुपमा उपयोग गरेको छु । संविधान संशोधनमात्रै होईन, पूर्र्नेलखन नै गर्नुपर्छ ।’

उनले आफ्नो पार्टी अहिले सरकारमा जाने कुरा हल्ला मात्रै भएको समेत स्पष्ट पारे । उनले भने,‘अहिले उपेन्द्र यादवलाई हतार छैन, तर सरकारमा जाने वा नजानेबारे हामी केन्द्रिय समितिमा जानेबारे छलफल हुन्छ ।’

तपाई प्रधानमन्त्री बन्ने लाईनमा हुनुहुन्छ हो ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘भ्विष्यको कुरा नगरौं, भविष्यको कुरा गर्ने हो तपाईपनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ, अहिले पार्टीभित्र छलफल भएको छैन । तपाई पनि प्रधानमन्त्री बन्नुहुन्छ, पत्रकारिताको माध्यमाबाट काम गर्नुभएको छ ।’

उनले एमाले संविधान संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरे । यादवले भने,‘एमाले संशोधनको पक्षमा नआईकन सुखै छैन्, ढुक्क हुनुहोस एमालेले पनि संशोधन प्रस्तावको पक्षमा मतदान गर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot