Logo

विवेकको ‘ऐलानी’ सुार्वजनिक



काठमाडौं। १ पुस । कवि गजलकार विवेक ओझाले आफ्नो पहिलो उपन्यास ‘ऐलानी’ बजारमा ल्याएका छन् । उपन्यास ‘ऐलानी’को काठमाडौंस्थित सर्वनाम थिएटरमा शुक्रबार साहित्यकार अमर न्यौपाने, प्रोल्हास सिन्धुलीया र कुमारी लामाले संयुक्त रुपमा विमोचन गरेका छन् ।

उपन्यासको विमोचनका क्रममा साहित्यकार न्यौपानेले उपन्यास ‘ऐलानी’मा वादी समुदायको भोक, भोग र संभोगलाई प्रमाण बनाएर लेखिएको पुस्तक भएको बताए ।

उनले वादी समुदायभित्र महिलाहरुले यौन धन्दामार्फत जीविका चलाउनु कुनै रहर नभएको र उनीहरुको आर्थिक अवस्थाले कसरी मुखियाको ओछ्यानसम्म पुर्याउँछ भन्ने कुराको यथार्थ पीडालाई उपन्यासमा चित्रण गरिएको बताए ।

त्यस्तै साहित्यकार कुमारी लामाले वादी समुदायको बाध्यता के हो र उनीहरुको अवस्था कस्तो छ भन्ने विषयमा धेरै मनिसहरु अनभिज्ञ रहेको अवस्थामा ‘ऐलानी’ उपन्यासले उनीहरुको यथार्थ जस्ताको तस्तै बाहिर ल्याएको बताइन् ।

कार्यक्रममा साहित्यकार सिन्धुलियाले वादी समुदाय सबैभन्दा पीछडिएको समुदाय भएको र उनीहरुको आर्थिक अवस्थाले गर्दा योन धन्दालाई जीवन गुजाराको माध्यम बनाउनु पर्ने बाध्यतालाई उपन्यासले न्याय गरेको बताए ।

सांग्रीला बुक्स हाउसले प्रकाशनमा ल्याएको उपन्यास ‘ऐलानी’ नव लेखक विवेक ओझाको पहिलो उपन्यास हो । यस अघि ओझाले गजल संग्रह ‘आवरण’ र ‘एक पाइला आकाशमा’ बजारमा ल्याइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot