Logo

दिपेन्द्र र इनुको जोडी उत्कृष्ट



काठमाडौं, २५ पुस । क्यापिटल एफ एम ९२.४ मेगाहर्जले आयोजना गरेको Memories-“Frame of Love” फोटो प्रतियोगिताको विजेताहरुको नाम आज सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा १,८३९ लाईक प्राप्त गर्दै दिपेन्द्र थापा र इनु थापाको जोडी विजयी हुनुभएको छ । यस्तै १,६८७ लाईक प्राप्त गर्दै सन्देश पण्डित र आस्मा पाठकको जोडी फस्ट रनर अप हुनुभएको छ भने १,३२५ लाईक प्राप्त गर्दै सिता थापा र समिरराज थलाको जोडी सेकेन्ड रनरअप बन्न सफल हुनुभएको छ ।

क्यापिटल एफ.एमको आधिकारीक फेसबुक पेजमा राखिएको तस्वीरमा आएको लाईकको आधारमा विजेता घोषित गरिएको हो । पुस १६ गतेदेखि पुस २४ गते दिउँसो १२ बजेसम्म फोटो लाईक गर्ने समय निर्धारण गरिएको थियो ।

विजयी जोडीले ८ हजार नगद पुरस्कार सहित ३ दिनको लागि पोखरा भ्रमण, स्पेशल फोटो सुट र आकर्षक पुरस्कारहरु प्राप्त गर्ने छन् । यस्तै फस्ट रनर अपको लागि ६ हजार नगद पुरस्कार, क्यान्डल लाईट डिनर र आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने सेकेन्ड रनर अपलाई ५ हजार रुपैयाँ नगद पुरस्कार र आकर्षक उपहार प्रदान गरिने प्रशासन प्रमुख बसन्त राज शर्माले बताउनु भयो । प्रतियोगितामा ३० प्रतियोगीहरुले आफ्नो बैवाहिक जोडीको फोटो सहित सहभागिता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot