Logo

राजु परियार र भुमिका शाहको स्वरमा नयाँ गीत–भिडियो



काठमाडौं, २ माघ । चर्चित गायक राजु परियार र भुमिका शाहको स्वर मा रहेको गीत सार्वजनिक भएको छ । ‘भाइबर, इमो, वाटसप’ बोलको सन्देश मुलुक कमेडि गीत सार्वजनिक भएको हो ।

समाज सेवी समेत रहेकी गायिका भुमिका शाहको लय रहेको गीतलाई महेश नेपालले रचना गरेका हुन् । प्रशान्त पौडेलले निर्देशन गरेको गीतको भिडियोमा मनिष र काजलको अभिनय रेहेको छ ।

उक्त गीतको भिडियोलाई चक्र वराल वासुले छायाँकन गरेका हुन भने मनोज कार्कीले सम्पादन गरेका छन् । कामना डिजिटल प्रालिको प्रस्तुतिमा बाग्लुङ्ग गल्कोट नब युवा रोधी घरको पहिलो कोसेली हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot