Logo

गायिका कोमल वली अराजक कि अबसरवादी ?



बद्रि कुमार चौलागाई

कोमल ओली सांस्कृतिक अराजक व्यक्ति हुन् । उनको ‘पोइल जान पाम’ भन्ने गित स्वयम् महिला अधिकारवादीहरुले प्रतिबन्ध लगाएको गित थियो । उनका स्टेज प्रस्तुतिहरुले के भन्छन भने, कोमल वली आज राजनेता भएर उभिने खालका पाच्य हुने शैलीहरु कतै छैनन् ।

उनका झ्वाँक तन्नेरीहरु कम्युनिष्टको शिष्टाचार भित्र पर्दैनन् । देश भक्ति गीतहरु सायदै छैनन होला । युवा पुस्तालाई आफ्नो उछ्रिन्कल प्रस्तुतिले भड्काउलोमा हाल्ने खालका मात्रै छन्, जसले कम्युनिष्टको सभ्य अनुसाशनलाई भंग गरेका छन् ।

घोर अबसरवादी चरित्र कोमल ओलीको आर्को रङ्ग हो । हिजो खुंखार राजावादी बनेकी कोमल ओली, राजतन्त्रको नजिक मानिएको कमल थापाको राप्रपा उनको नजरमा दोश्रो राष्ट्रबादी पार्टी थियो र राप्रपा प्रवेश गर्दै हिन्दु राज्य बनाउने र राजतन्त्र फर्काउने गजबको अभिव्यक्ति पनि सुन्न पाइन्थ्यो ।

तर अन्ततः राप्रपाले स्थानीय चुनावमा नराम्रो संग हारेपछी फेरी अबसर खोज्दै एमालेका प्रभावशाली नेता संकर पोख्रेललाई भर्याङ बनाएर संकर कै प्रभावमा एमाले बनिन र आज टिकट समेत पाइन् । तर प्रत्यक्षबाट टिकट नपाउदा भनिन ‘एमाले त इमान्दार पार्टी हो जस्तो लाग्थ्यो तर नाताबादमा चल्ने पार्टि रहेछ’ पार्टी जिम्मेवार व्यक्तिले यस्तो बोल्नु यो राजनीतिक अराजक हो।

आज प्रदेश ५ बाट एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाएर टिकट दिए पछी कोमल ओलीको त्यहि मुखले फेरी भन्यो ‘सबै पार्टीलाई नजिकबाट नियाले तर राष्ट्रियता र विकास रोज्ने पार्टी एमाले मात्र भेटे’ । यो बेला भने राम्रै बोलिन तर अबसरबादको डकार झैँ गनाएको पक्कै छ ।

अब भोलि एमाले र माओबादीको पार्टी एकीकरण हुदैछ, त्यो बेला छाडा सांस्कृतिकको अराजक कलाकार सभ्य संस्कृतिका परिचालक क। प्रचण्डका होनाहार कार्यकर्ता कोमल ओली बन्ने पनि निश्चित छ १ यसकालागी पनि अग्रिम बधाई छ । बहकिएर होइन स्थिर रहेर राजनीति गर्नुहोस शुभकामना पनि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot