Logo

जियालाई लिएर सुटुक्क लण्डन उडे भुवन केसी



काठमाडौं, १३ माघ । सुपरस्टार भुवन केसी महिला संगको सम्बन्धका कारण प्राय चर्चामा रहने गर्दछन्। पछिल्लो समय चलचित्र निर्माणमा सक्रिय रहेका भुवन हिजो मात्रै स्कटल्याण्ड उडेका छन्।

माघ २६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कृ’ को बाँकी रहेको एउटा गीतको छायाँकनका लागी चलचित्रको टिम बेलायत उडेको हो। अनमोल केसी, अदिति बुढाथोकी, सुवास गिरि, सुरेन्द्र पौडेल सहित १० जनाको टिम बेलायत उडेको छ।

माघ १७ गते निर्माण टिम स्वदेश फर्कने जानकारी गरिएको छ। शुक्रबार बेलायत उडेको टिमको गीतको छायाँकन स्कटल्याण्डमा गरिनेछ।एयरपोर्टमा अनमोल र अदितिको जोडीको साथमा मिडियामा कैद भएको जोडी थियो भुवन केसी र जिया केसीको।

एयरपोर्टमा दुवैको मिडिया संग लुकामारी चलेको थियो। जिया मीडिया संग लुक्ने प्रयास गर्दागर्दै क्यामेरामा कैद भएकी थिइन्। अन्त्यमा भुवनले नै जियालाई मीडियाको अगाडी ल्याएका थिए। भुवन केसीका हरेक प्रोजेक्टमा जियाको उपस्थिति हुने गर्दछ। ‘कृ’ मा उनको प्रत्यक्ष सहभागिता नभए पनि उनि हरेक ठाउमा साथ पुग्ने गर्दछिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot