Logo

किन आँतुर छिन् सुस्मिता सेन ? यस्तो छ खास कारण



नयाँ दिल्ली, १४ माघ । पर्व मिस युनिभर्स सुस्मिता सेन पुनः फिल्ममा फर्किन आतुर रहेको समाचार बाहिरिएको छ । सन् २०१० देखि फिल्म नपाएर बलिउडबाट ओझेल परिसकेकी उनी यतिवेला पूनः बलिउडमा कमब्याक गर्न चाहिरहेकी छिन।

तर, उनी राम्रो विषयवस्तु पाए मात्र फिल्म खेल्ने मुडमा छिन्। उनले पछिल्लो पटक ‘नो प्रोब्लम’ मा अभिनय गरेकी थिइन्। गत शुक्रबार आफ्नी कान्छी छोरी अलिशासँगै रुबल नागी कला फाउन्डेसनको गणतन्त्र दिवस समारोहमा उपस्थित भएकी सेनले डेढ वर्षदेखि राम्रो कथाको खोजी गरिरहेको खुलासा गरिन्।

उनले एउटा फिल्मका लागि ६ महिनाको समय निकाल्न सक्ने बताइन्। सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेपछि उनी फिल्मी क्षेत्रसँग जोडिएकी थिइन्। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot