Logo

नेपालको द्रुत आर्थिक विकासमा भारतले सघाउने



काठमाडौँ, २१ माघ : भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताअनुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ ।

प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्ववर्गलाई भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिनुभएको हो ।

भारतले तीनवटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारप्रति बधाई ज्ञापन गर्दै त्यसलाई प्रजातान्त्रिक संक्रमणको उपलब्धि भएको जनाएको छ ।

गत शुक्रबार अबेर राति भारतीय वैदेशिक मामिला मन्त्रालयले मन्त्री स्वराजको नेपाल भ्रमणका सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल – भारत साझेदारीमा जोड दिइनुका साथै दुई देशको सम्बन्धलाई नयाँ उचाइँमा पु¥याइने उल्लेख छ । उहाँ गत बिहीबार दुई दिने भ्रमणमा नेपाल आउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot