Logo

गायिका हमाल भन्छिन् : सेक्स प्रकृतिको बरदान हो



आम नेपालीको प्रवृत्ति न हो, अपवादवाहेक मै खाउ“, मै लाउ“, अनि सुखसयल पनि मै गरू“ भन्ने भावना राख्छन् । सुविधा र विलासी जीवन बिताउने चाहना राख्ने व्यक्तिकोे बाहुल्य अन्यत्रभन्दा हामीकहा“ व्यापक छ । तर, उहा“मा यो भावना कहिल्यै जागेन । जाग्यो त दीन–दुःखीहरुको पीडा साटासाट गर्ने, सेवामार्फत मुलुक बदल्ने र आफूलाई पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने । उहा“ले एउटा नेपाली कलाकार हुनुको गर्व, मुलुक अनि समाजप्रतिको उत्तरदायित्व साबित गर्नुभएको छ । यसैको परिणाम त उहा“ आफ्नो निःस्वार्थ गन्तव्यतर्फको पाइलालाई अघि बढाउ“दै शिखरतर्फ लम्कने जमर्कोमा हुनुहुन्छ । लगनशील, कर्मठ, परिश्रमी, समाजसेवी, जोसजाँगर र इच्छाशक्तिका धनी, मनकारी, गायिका, संगीतकार, रचनाकार एवं सञ्चारकर्मी लक्ष्मी हमालको चर्चा हो यो ।

बेजोड कला भएर पनि नेपथ्यमा पर्नुभएकी लक्ष्मीको जन्म विक्रम सम्वत् २०३७ जेठ १ गते मोहनसिंह  र दुर्गाको ३ छोरा तथा ३ छोरीमध्ये पहिलो सन्तानका रूपमा मध्यपश्चिमको नेपालगन्जमा भएको हो । उहाँका ३ भाइ र २ बहिनी हुनुहुन्छ । यद्यपि उहाँहरूको स्थायी ठेगाना भने बुटवल हो । बुबा व्यापारको दौरानमा नेपालगन्ज पुग्नुहुँदा लक्ष्मीको जन्म उतै भएको हो । उच्चवर्गीय पारिवारिक पृष्ठभूमिकी लक्ष्मीको बाल्यकाल निकै रमाइलो ढंगबाट बित्यो । घरकी जेठी छोरी भएकाले होला– उहाँको मागअनुसार जे भन्यो त्यही पु¥याइयो । त्यस्तै ४ वर्षको उमेरमा उहाँलाई बुटवल घरनजिकैको श्री जनजागृति उच्च माध्यमिक विद्यालयमा भर्ना गरियो । अध्ययनमा अब्बल र बहुप्रतिभाकी धनी लक्ष्मीमा सानैदेखि एकखालको विलक्षण प्रतिभा देखियो । ‘बिहानीले दिउसोको झल्को दिन्छ’ भनेजस्तै बालपनबाटै गीत–संगीत र सिर्जनाप्रति हुरुक्क हुनुहुने उहाँले तोतेबोली फुटेबाटै आफ्नो भविष्यको गन्तव्य–संकेत पहिल्याउन थाल्नुभएको हो । सानामा घर–स्कुल गर्दा पनि गीत, कविता गुन्गुनाइरहनुहुन्थ्यो उहाँ । ‘कतै गीत–संगीत र कविताको आवाज आयो कि कान ठाडो भइहाल्थ्यो’ लक्ष्मी आफ्नो बाल्यकाल स्मरण गर्नुहुन्छ– ‘गीत–संगीत अनि कविता भनेपछि त ध्यान नै एकाग्र हुन्थ्यो, घरमा बस्दा पनि म आफैं लेख्थेँ ।’

विद्यालयमा हरेक शुक्रवार साँस्कृतिक कार्यक्रम हुने गर्दथ्यो । त्यसमा उहाँ कक्षा २ पढ्दादेखि नै सहभागी हुन थाल्नुभयो । लक्ष्मीको त्यो प्रतिभा देखेर कार्यक्रम हुने दिन शिक्षक–शिक्षिकाको पनि पहिले उहाँतर्फ नै आँखा गढिन्थ्यो । त्यहाँ उहाँले अनिवार्य रूपमा गाउन र कवितावाचन गर्नैपर्ने हुन्थ्यो । ‘उच्च शिक्षा लिँदा त मेरो झन बढी चर्चा हुन थाल्यो’ लक्ष्मी गर्वका साथ भन्नुहुन्छ– ‘त्यसले अझै मलाई हौसला बढायो, यहाँसम्म आइपुग्ने ढोका खोलिदियो ।’ यस्तैयस्तैमा उहाँले बुटवलबाटै उच्च शिक्षासम्मको अध्ययन पूरा गर्नुभयो र काठमाडौं आउनुभयो । बुटवल होस् या काठमाडौंमा अध्ययन गर्दा, विभिन्न विद्यालय, कलेज, क्षेत्र, जिल्ला, अञ्चल र राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रममा भाग लिएर थुप्रै पुरस्कार हात पारेको क्षण उहाँको मानसपटलमा ताजै छ ।

उसो त वि.सं.२०६२ मा लक्ष्मीले ‘मेरो माया क्षितिजपारि…’ बोलको गीत गाउनुभयो । त्यो गीत नेपाल टेलिभिजनलगायतका थुप्रै ‘च्यानल’मा धेरैपटक बज्यो, निकै चर्चा बटुल्यो । उहाँले त त्यो गीत सजिलै गाउनुभयो तर, पछि साथी–अग्रज तथा प्रशंसकहरूले भनेपछि पो थाहा भयो– त्यो गाउन निकै गाह्रो थियो । मौलिकतामात्रै होइन– प्रशिक्षण पनि जरुरी रहेछ भन्ने शिक्षा पाएर अनि उहाँले केही समय गुरुदेव कामद र त्यसपछि पुतलीसडकस्थित साधन कला केन्द्रमा प्रकाश गुरुङसँग संगीत सिक्नुभयो । तर, बिडम्बना घरायसी र कार्यालयको कामले गर्दा तीन वर्षभन्दा बढी त्यहाँ समय दिन सक्नुभएन । हुन त राजधानी आएलगत्तै समाजमा असहायका लागि केही गर्नुपर्छ भन्ने भावना छचल्किसकेको थियो लक्ष्मीमा । त्यसैको प्रष्फुटन होला– कतिपय ग्रामीण जिल्लामा ‘ह्याण्डीक्राफ्ट’ को तालिम दिनुभयो । त्यसका अतिरिक्त आफ्नो कलाकारिता विधालाई पनि अघि बढाउनुपर्ने अर्को बाध्यता रह्यो उहाँसँग ।

 

यही सिलसिलामा उहाँले डेढ दर्जन गीति एल्बम, आधा दर्जन टेलिचलचित्र र केही चलचित्रको गीतमा स्वर दिनुभएको छ । पछिल्लो चरणमा गत असोज २९ गते उहाँको एल्बम ‘सारा खुसी’ सार्वजनिक भएको छ– जसमा छवटा गीत रहेका छन् । शब्दरचना पनि लक्ष्मीकै रहेका छ त्यसमा । एक÷एकवटा गीतमा भने विकास चौधरी र सञ्जय हमालले संगीत दिनुभएको छ । त्यही एल्बममा समेटिएका निकै चर्चित गीत लोभलाग्दो श्रव्यदृश्यसहित अब छिट्टै गाउँ–सहरमा घन्कियो भने धेरैलाई जिज्ञासा र कौतुहलले सताउँछ– यो कोकिल आवाज कसको होला भनेर । अनि जोकोहीले पनि बाध्य भएर मुक्तकण्ठले लक्ष्मीको प्रशंसा गर्छन्– ‘यी गीतका शब्द, रचना, संगीत, मोडलिङ र गायिकाको कला–स्वर सबै उत्कृष्ट छन् ।’ यतिमात्रै होइन– यस्ता अरू थुप्रै गीत लिएर आउँदै हुनुहुन्छ लक्ष्मी ।

त्यसो त कतै नेपाली सांगीतिक आकाशमा उज्यालो थप्नकै लागि उहाँको जन्म भएको त होइन ? भन्ने लाग्छ । नेपाली कलाकारिता क्षेत्रकी होनहार नक्षत्र तथा नेपाल संगीतकार संघकी सदस्य लक्ष्मी स्पष्टवादी तथा हक्की स्वभावकी हुनुहुन्छ । तर, अफसोच अरूलाई चाँडो विश्वास गर्ने बानी छ । सानैदेखि मिलनसार, सहयोगी, दिलदार र समाजसेवाको भावनाले ओतप्रोत हुनुभएकी उहाँ आफैंमा सामाजिक अभियन्ता पनि हुनुहुन्छ । थुप्रै सामाजिक काम गरेर धेरैको मन जित्नुभएको छ लक्ष्मीले । उहाँ गर्व गर्नुहुन्छ– ‘समाज र देशका लागि केही गर्न सकिएन भने हामी बाँच्नुको कुनै औचित्य रहन्न ।’ कलाकारिता क्षेत्रमा शिखर लम्कँदै अनि चम्कँदै गर्नेमात्रै होइन– आफ्नो अन्तिम लक्ष्यमा पुग्न अहोरात्र मेहनत गरिरहनुभएको छ, डटिरहनुभएको छ उहाँ । यस क्षेत्रमा अझै अघि बढ्न, घरपरिवार, आफन्त, साथीभाइ, इष्टमित्र, प्रशंसक र गुरुलगायतले साथ–सहयोग र हौसला दिइरहनुभएको दावी उहाँको छ । प्रेम, यौन र विवाहमा के भिन्नता छ ? भन्ने जिज्ञासामा लक्ष्मी भन्नुहुन्छ– ‘प्रेम भनेको दुई आत्माको मिलन हो र अनि यौन प्रकृतिको देन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot