Logo

धुर्मुस-सुन्तली ‘वर्ष व्यक्ति’ घोषित



काठमाडौं, २ चैत । हरेक बिहीवार प्रकाशन हुँदै आएको ‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरियो ।

बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल धुर्मुसलाई सम्मान गरियो भने, कञ्जना घिमिरे सुन्तली लाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरियो । फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको छ ।

सम्पादक शान्तीप्रियले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत्रिका सञ्चालन गर्नु आफैंमा चुनौती भएको भन्दै यसमा आफूहरु सफल भएको बताए ।

सम्मानित भएका कलाकार तथा समाजसेवी सितारामले यो सम्मानले आफूलाई अझ हौसला मिलेको बताए । यस्तै, कुञ्जनाले यस्तो सम्मानले आफूलाई अगाडि बढ्न उर्जा मिलेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot