Logo

बजेट आएलगत्तै राजपा अध्यक्षहरु छलफलमा जुटे



काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७५ ०७६ को बजेट सार्वजनिक गरेको छ । बजेट आएसँगै अहिले विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट कर्मकाण्डी भएकोले कार्यान्वयन हुन नसक्ने ठोकुवा गरेको छ ।

राजपा नेपालले पनि बजेटबारे मिश्रित प्रतिक्रिया दिएको छ । यसै सम्बन्धमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुको बैठक बसेको छ । पार्टी मुख्यालय बबरमहलमा बसेको बैठकमा ६ जनै अध्यक्षले आ–आफ्नो धारणा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot