Logo

बलिउड फिल्ममा अनमोल अनुबन्ध



काठमाडौं, २६ जेठ । चर्चित यूवा स्टार अनमोल केसीले आफ्नो बलिउड यात्रा आरम्भ गरेका छन् । अचेल आफू अभिनीत छैठौँ फिल्म क्याप्टेनको छायांकनमा व्यस्त उनले हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी वल्डवाईड रिकाड्र्स प्रालीले निर्माण गर्न लागेको एक हिन्दी फिल्म साइन गरेका छन् ।

भारतको हमारा महानगर पत्रिकाले नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्रीु शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । नाम तय नभएको उक्त फिल्म भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ । यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् ।

वल्डवाईड रिकाड्र्सले अहिलेसम्म म्यूजिक मात्र रिलिज गर्दै आएको थियो । अनमोललाई लिएर यो कम्पनीले पहिलो पटक फिल्म निर्माण गर्न लागेको हो । खबर अनुसार, उक्त फिल्मलाई भुवन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले ड्रिम्स नामक फिल्मको निर्देशन सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot