Logo

प्रचण्ड बैंककमा व्यस्त, पार्टीभित्र माधव नेपालको सक्रियता बढ्यो



काठमाडौं, ११ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला पत्नी सीता दाहालको स्वास्थ्य उपचारको लागि थाईल्याण्डको राजधानी बैंककमा छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानुभन्दा अघि नै प्रचण्ड थाईल्याण्ड प्रस्थान गरेका हुन् ।

प्रचण्डको बैंकक बसाई अझै केही दिन लम्बिने बुझिएको छ । ओली र दाहाल दुवै देश बाहिर रहनुपर्ने भएकोले चीन प्रस्थान गर्नुभन्दा एक दिन अघि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई दिएका थिए ।

नेता नेपालले दुवै अध्यक्ष बाहिर रहेको मौकामा आफूलाई निकै सक्रिय राखेका थिए । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि एकीकृत पार्टीको महाधिवेशनसम्म ओली र प्रचण्ड अध्यक्ष हुनेछन् । एकता महाधिवेशनपछि पार्टीको अध्यक्ष को हुने भन्नेबारे अहिलेदेखि नै बहस तथा चर्चा नेकपाभित्र र बाहिर भैरहेको छ ।

स्रोतका अनुसार पछिल्लो समय बरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई खुल्ला हृदयले सहयोग एवम् समर्थन गर्दै आएका छन् । बरु, नेताहरु झलनाथ खनाल र वामदेव गौतम भने ओलीबाट टाढिएका देखिन्छन् । कतिसम्म भने खनाल त आफूलाई वरियताक्रममा अन्याय भएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पोखेर ओलीविरुद्ध खनिएका थिए ।

सम्बन्धित समाचार :

माधव नेपालले किन क्याम्प परिवर्तन गरे ?, झलनाथको यस्तो गुनासो

माधव नेपाल भन्छन् : श्रमिकका अधिकार पूरा भएको छैन् (फोटोफिचर)

चीनसँगको भएको सहमति नेपालले कार्यान्वयन गर्ने : माधव नेपाल

ओली-नेपाल सहमतिः भावी अध्यक्षमा माधव नेपाल

रौतहट पुगेर माधव नेपालले भने : भ्रष्टाचारीलाई जेल हालिन्छ

बरु उनले अर्का अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गर्दै आएका छन् । यतिवेला खनाल र गौतम प्रचण्डको कित्तामा उभिने देखिएको छ भने नेता नेपाल ओलीसँग लस्सिएका छन् । सम्भवतः ओली र नेपालबीच आगामी महाधिवेशनमा नेतृत्व कसले लिने भन्नेबारे अहिलेदेखि नै भद्र सहमति भएर होला, अहिले उनीहरुको दोस्ती जमेको छ ।

६ दिने चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न कार्यवाहक अध्यक्षको हैसियतमा नेता नेपाल नै त्रिभुवन विमानस्थल पुगेका थिए ।

अहिले नेता नेपालको सक्रियता बढेको कुरा उनको देश दौडाहले बताउँछ । उनी अहिले देशका विभिन्न ठाउँमा पार्टीको कामको सिलसिलामा खटिएका छन् । आगामी महाधिवेशनमा सम्भवतः अध्यक्षको लागि वर्तमान अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नै प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot