Logo

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु



बारामुल्ला, जम्मु काश्मिर / भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।

बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो । प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्रेको छ ।

उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको थियो । (रासस/एएनआई)



प्रतिक्रिया दिनुहोस्

Screenshot